Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

larhkyal lama

काठमाडौं – अवैध हतियार राखेको र अकुत सम्पत्ती आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका माओवादीका निलम्बित सांसद ल्यारक्याल लामालाई विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशहरु प्रभा बस्नेत र महेश प्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई सफाइ दिएको हो । अख्तियारले लामाको सम्पत्ती छानबिन गर्दा उनको लकरभित्र हतियार भेटिएको भन्दै प्रहरीको जिम्मा लगाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेलगत्तै उनलाई पुनः पक्राउ गरी वैदेशिक रोजगारीमा गठी गरेको आरोपमा समेत मुद्दा चलाइएको थियो ।
विशेष अदालतले लामामाथि अख्तियारले लगाएको आरोप पुष्टि नभएको जनाएको छ । अख्तियारले ल्ह्यारक्याल लामाविरूद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया