Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

japan

टोकियो – गत साता फुकुओकामा भासिएर बनेको खाल्टो दुई दिनमा नै पनुनिर्माण गरिएको छ ।
जापानस्थित सञ्चारमाध्यमले जनाए अनुसार ४८ घण्टाको समयमा सडक जस्ताको तस्तै पुनर्निर्माण गरिएको हो । पाँच लेनको व्यस्त उक्त सडक निर्माण सम्पन्न भएसँगै निर्वाध रुपमा सवारी आवागमन सञ्चालन गरिएको छ । सडक भासिएपछि अबरुद्ध रहेको पानीका पाइप, टेलिफोन, ग्यास र विजुली पूर्ण रुपमा सञ्चालनमा आएका छन् । हाल निर्माण गरिएको सडक पहिलेको तुलनामा ३० गुणा बढी बलियो रहेको फुकुओका नगरका मेयर सोचिरो ताकासीले जानकारी दिनुभयो ।

japana
चामत्कारिक रुपमा भएको पुनर्निर्माण देखेर जापानी नागरिकहरु समेत आश्चर्यमा परेको प्रतिकृया विभिन्न सामाजिक सञ्जालमा आएका छन् । खाडल पुर्न माटोको प्रयोग गरिएको छ । ६२ हजार घन मिटर माटो लाग्ने प्रारम्भिक अनुमान गरे पनि खाडल पुर्न सात हजार घन मिटर माटो लागेको बताइएको छ । सडक भासिएपछि गत मंगलबारदेखि जापानको प्रमुख व्यावसायिक सहर फुकुओकाको हाकाता वार्ड भएर जाने पाँचवटा मुख्य सडक बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया