Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

kiranटोकियो – आगामी साता एनआरएनए एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय समिट हुने भएको छ । इण्डोनेसियाको बालीमा हुन गईरहेको सो समिटका सबै तैयारीहरु पुरा भईसकेको एशिया प्यासिफिक क्षेत्रका संयोजक किरणविक्रम थापाले समुद्रपारिलाई बताउनुभयो ।

नेपालको बिकासका लागि मुख्य तीन आधारहरु क्रमशः बैंकिङ क्षेत्र, लगानी प्रबर्द्धन र उद्यमशीलतालाई एजेण्डाकारुपमा तय गरिएको सो सम्मेलनमा सोही बिषयहरुमा केन्द्रित रही ज्ञाताहरुसंग छलफल गरिने कार्यक्रम रहेको संयोजक थापाले बताउनुभयो । जसअनुसार नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरिञ्जिवी नेपाल, उद्यमी चन्द्र ढकाल लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल पत्रकार महासंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमुलक निकायका अधिकारीहरुको आतिथ्यता रहने बताईएको छ ।

एनआरएन अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका केन्द्रिय नेताहरुको पनि बिशेष उपस्थिति रहने सो सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रका १५ मुलुकबाट करिव सय जना भन्दा बढि डेलिगेट्सहरुको उत्साहजनक सहभागिता रहने संयोजक थापाले बताउनुभयो। जसमा जापानबाट मात्र करिव ५० जना एनआरएनहरुको सहभागिता रहने बताईएको छ ।baliएशिया प्यासिफिक क्षेत्रका एनआरएनहरुबीच आपसी भेटघाट, एनआरएन अभियानमा एशिया प्यासिफिक क्षेत्रले पुर्‍याउन सक्ने आगामी भूमिकाका बारेमा गहन छलफल र भावी कार्ययोजनाका बारेमा स्पष्ट धारणा तय गर्नु बाली सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक थापा बताउनुहुन्छ । हरेक दृष्टिकोणले अत्यन्त महत्वका साथ हेरिएको उक्त बाली सम्मेलनमा सहभागिताका लागि एशिया प्यासिफिक क्षेत्रका एनआरएनहरुलाई संयोजक थापाले अपिल गर्नुभएको छ । बाली सम्मेलन यही नोवेम्भर २३ तारिख हुन लागेको हो । ***

तपाईको प्रतिक्रिया