Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिरमा एकता हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । 15123020_10209918068802815_5440809120930099082_o

बलियो राष्ट्रवादी÷ प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र नेपाल निर्माण गर्नु नयाँ एकीकृत पार्टीको लक्ष्य हुने उक्त पत्रमा उल्लेख छ ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन गरिएको छ भने केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने छ ।

तपाईको प्रतिक्रिया