Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल तरुण दलले महाधिबेशनबाट आज नयाँ नेतृत्व चयन गर्दैछ । पोखरामा जारी नेपाल तरुण दलको चौथो महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी भईरहेको बुझिएको छ । jitjung

आगामी नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन पार्टीका शिर्ष नेताहरुबीच सहमति भएको बुझिएको छ । यद्यपी यसमा औपचारिक निर्णय हुन भने सकेको छैन् । हालसालै सम्पन्न नेविसंघको महाधिवेशनमा अध्यक्षको प्रत्यासीबाट पछाडी हटाएका बस्नेतलाई पार्टी सभापति देउवाको निर्देशनमा अध्यक्ष बनाउन लागिएको हो ।

मोटामोटी अध्यक्षको टुंगो लागिसकेको भएपछि पदाधिकारीमा क–कसलाई समेट्ने भन्ने बिषयमा छलफल जारी रहेको स्रोतको दाबी छ । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई के पद दिने भन्ने बारेमा छलफल भईरहेको महाअधिवशेनमा सहभागी एक नेताले समुद्रपारिलाई बताए ।

तपाईको प्रतिक्रिया