Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

bhakti-pandeटोकियो – नेकपा माओबादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै सो पार्टीको जापानस्थित भ्रात्तृसंस्था नेपाली जनप्रगतिशील मञ्च जापानले दिवंगत नेता पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

मञ्चको तर्फबाट सचिव जनक सुबेदीले जारी गर्नुभएको शोक बिज्ञप्तीमा नेता पाण्डेको असामयिक निधनको खबरले सिंगो संगठनलाई स्तब्ध बनाएको उल्लेख छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – परिवर्तनका निम्ति नेपाली समाज र माओबादी आन्दोलनलाई उचाईमा पुर्‍याउन उहाँले खेल्नुभएको भूमिका र योगदान आम कार्यकर्ता र नेपाली जनता माझ सदा स्मरणीय रहिरहने छ । दिवंगत नेता पाण्डेको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै यस दुःखद घडिमा शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौं ।***

तपाईको प्रतिक्रिया