Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ ।  गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्कुटरबाट लडेर घाइते हुँदा ट्राफिक प्रहरीको सहयोगले पुनर्जीवन पाउनुभएकी २२ वर्षीय प्रशंसा थापाले ट्राफिकको कामको उच्च मूल्याङ्न गर्दै आज काठमाडौँ उपत्यकामा काममा खटिएका ट्राफिक प्रहरीलाई खाजा वितरण गर्नुभएको हो ।
ss

थापाले चक्रपथ क्षेत्र, चप्पलकारखानादेखि चापागाउँ, भद्रकालीदेखि कालोपुल, भगवतीबहालदेखि सोह्रखुट्टे, पुतलीसडकदेखि त्रिपुरेश्वर र भोटेबहालदेखि केशरमहलसम्मका चोकमा काममा खटिएका १७० जना ट्राफिकलाई खाजा वितरण गर्नुभएको हो ।

थापा भन्नुहुन्छ – “घाम पानी नभनी काममा खटिने र धुलोले ग्रसित हुने गरेका ट्राफिकको उच्च मूल्याङ्कन गर्दै सेवा गरेको हुँ ।” थापाले आफूले वातावरण विषय पढेकाले ट्राफिक प्रहरीले भोग्नुपर्ने समस्या र धुलोले पार्ने असरबारे आफूलाई थाहा रहेको बताउनुभयो ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल लाइसेन्स कडाइ, लेन अनुगमनप्रति यात्रुले नकारात्मक नजरले हेरेको अवस्थामा थापाले ट्राफिकलाई गरेको सहयोगले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुहुन्छ – “एउटा ट्राफिक प्रहरी निरन्तर एउटा चोकमा दुई वर्षसम्म काममा खटियो भने तीन वर्ष आयु घट्छ, ट्राफिक प्रहरीप्रति देखाइएको सद्भाव प्रशंसनीय छ ।” अर्याल यस्तो सहयोगले ट्राफिक प्रहरीमा थप हौसला बढाएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया