Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा मङ्गलबारदेखि छदिने औपचारिक भ्रमणमा बङ्गलादेशको भ्रमण गर्नुहुने भएको छ ।

rajendra chhetri

प्रधानसेनापतिले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

साथै उहाँले बङ्गलादेश नेसनल डिफेन्स कलेज लगायत अन्य सैनिक एकाइ तथा संरचनाको अवलोकन भ्रमण गर्नुहुनेछ ।

प्रधानसेनापतिको भ्रमण दलमा उहाँकी श्रीमती रीता, सुदूरपश्चिम पृतनापति दीपकप्रसाद भारती, प्रधान सेनापतिका सैनिक सहायक सहित आठ जना रहनुहुनेछ ।

सो भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया