Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ । मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि अज्ञात समूहले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रहरीको जवाफी फारिङमा परी एक जनाको उपचारको क्रममा मृत्यु भएको छन् । मृतकको पहिचान खुल्न सकेको छैन । यता एक जना प्रहरी जवान सुरेन्द्र चौधरी पनि घाइते भएका छन् । खुट्टामा गोलीको छर्रा लागेका चौधरीको जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अज्ञात समूहले छाडेर भागेको हतियार र केही दस्तावेज वरामद भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया