Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

aGbn] hghLjg k|efljt vfB ;'/Iffsf] dfu ub}{ g]qljqmd rGb g]t[Tjsf] g]skf -dfcf]jfbL_n] cfOtaf/ cfXjfg u/]sf] g]kfn aGbsf sf/0f /fhwfgLdf ;fj{hlgs ;jf/L ;fwg Go"gdfqfdf rn]sf 5g eg] lghL ;jf/L ;fwg s]xL a9L rn]sf 5g . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बन्दका क्रममा बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलनजिकै रा १ ह ४५३ नं को इ–रिक्सामा आगजनी, धरानस्थित कोसी राजमार्गमा बा ११ च १८८१ नं को बलेरो गाडी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे–३ स्थित १२ किलो भन्ने ठाउँमा बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ ख ७६०२ नंको रात्रि बस र सर्लाही हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ५८ नं को ट्रकमा ढुङ्गा प्रहार हुँदा सवारी साधनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको अनुसन्धान जारी रहेको तथा आगजनी तथा तोडफोड गरेर फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नेपाल बन्दको कारण राजधानीलगायत देशभर सामान्य प्रभाव परेको छ । यातायातका साधन कम चल्दा यात्रुलाई आवातजावतमा केही कठिनाइ भएको थियो भने उद्योग, कलकारखाना, विद्यालय पनि सुचारु भएनन् ।

तपाईको प्रतिक्रिया