Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले दशौं अनसनको तयारी थाल्नुभएको छ । शनिबार दिएको अल्टिमेटम अनुसार आइतबार दिउँसो २ बजेसम्म पनि मागको सुनुवाई नभए अनसन थाल्ने उहाँको तयारी छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै नवौं पटकसम्म अनसन बसेपनि सुनुवाई नभएपछि दशौंपटक अनसन बस्ने तयारी गरेको उहाँले बताउनुभयो । उहाँले यसपटक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने मागलाई मुख्य बनाउनुभएको छ ।

दिउँसो २ बजेसम्म आफ्नो मागको सुनुवाई गर्न उहाँले शनिबार २४ घण्टे अल्टिमेटम दिनुभएको थियो । संस्थानमा वरिष्ठताको साटो राजनीतिक आस्थाका आधारमा नियुक्तिको तयारी भइरहेको भन्दै डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियालाई पनि बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया