Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

nepal-768x460

काठमाडौं – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराएको हो ।

नेपालका गोलकिपर किरण चेमजोङले लाओसको लगातार तीनवटै प्रहार रोकेर नेपाललाई फाइनलमा पुर्याए । नेपालका सुजल क्षेष्ठ, हेमन गुरुङ, बिक्रम लामाले टाइब्रेकरमा गोल गरे ।

नेपाली राष्ट्रिय फुटबल टिम एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा फाइनलमा पुगेको यो पहिलोपटक हो । पछिल्लो पटक सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा नेपालले फाइनलमा पुग्ने राम्रो अवसर बनाएको थियो । तर त्यो प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपालको महादेशीय प्रतियोगिताको फाइनल पुग्ने सपना टुटेको थियो । त्यतिबेला टुटेको नेपालको सपना शनिबार लाओसलाई हराउँदै साकार भयो ।

खेलको १७ औँ मिनेटमै लाओसले गोल गरेर अग्रता लिएको थियो । नेपालका बिमल घर्तीमगरले खेलको ४७ औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा नेपालका लागि अनन्त तामाङले गोल गरेर २–१ को अग्रता दिलाएका थिए तर त्यो धेरै समय टिकेन र लाओसले बराबरी गोल फर्काएको थियो ।

नेपाल समूह ‘ए’को विजेता तथा लाओस समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया