Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रुपन्देही –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । उहाँले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

रिपोटर्स क्लब लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनका क्रममा हिन्दूराज्य कायम गर्न संसदमा संशोधन प्रस्ताव आफ्नो पार्टीले पेस गर्ने जानकारी दिनु भयो ।

थापाले राजनीतिक दल सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशङ्का उत्पन्न भएको विचार व्यक्त गर्नु भयो । लोकमान प्रकरण बारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले यत्रो महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलतभएको भन्दै आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताउनुभयो ।

मधेसका समस्या चाँडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठिनाइ हुने थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया