Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिन अर्थहिन रहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा सचिव ज्ञवालीले वर्तमान सरकारले सय दिनको मूल्यवान समय खेर फालेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो ‘यो सय दिन खेर गएको छ, चुनाव अनिश्चिततातिर धकेलिरहेको छ, चुनावका लागि यो सरकारले कुनै उल्लेखनीय काम गर्न सकेको छैन् ।’

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको संविधान कार्यान्वयनको योजना समेत यो सरकारले बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म चुनावको मिति तोकिएको छैन, चुनाव क्यालेण्डर अहिलेसम्म यो सरकारले दिन सकेको छैन, चैत्रसम्म स्थानीय निकायको चुनाव नभए, अरु चुनाव कहिले हुन्छ ? यो गम्भिर प्रश्न हो ।’

छिमेकीसँगको सम्बन्धमा यो सरकारले असन्तुलन कायम गरेको आरोप लगाउँदै नेता ज्ञवालीले भन्नुभयो ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बिथोलियो, चीनसँगको पारवहन सम्बन्धी बैठक अनिश्चित भयो ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया