Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

इराक – संयुक्त राष्ट्रसंघले इराकको मोसुलमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको बरबरताको अर्को नमूना भेटिएको बताएको छ ।

आइएसले गएको मंगलबार मोसुलमा देशद्रोहको आरोपमा ४० जना नागरिकको गोली हानी हत्या गरेको राष्ट्रसंघले जनाएको छ । आइएसले ति नागरिकका शवलाई मोसुलका विभिन्न क्षेत्रमा बिजुलीको खम्बामा झुण्ड्याएको विभिन्न स्रोतलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले जनाएको छ ।

यस्तै आइएसका लडाकुले मोसुलको मध्य क्षेत्रमा एक व्यक्तिलाई मोवाइल फोन प्रयोग गरेको भन्दै गोली हानी हत्या गरेका छन् । आइएसले मोवाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इराकी सेनाले आइएसको कब्जामा रहेको मोसुल आफ्नो नियन्त्रणमा लिने प्रयास गरिहेको छ । आइएसले हत्या गरेका ४० नागरिक देशद्रोही र इराकी सेनाका एजेन्ट रहेको आरोप लगाएको छ ।

यस्तै बुधबार बेलुका पनि मोसुलको घाबट सैन्य अड्डामा २० नागरिकको गोली हानी हत्या गरिएको छ । उनीहरुमाथि जानकारी चुहाएको आरोप लागेको छ । यस्तै आइएसले किशोर छात्रलाई आत्मघाती आक्रमणकारीको रुपमा प्रयोग गरेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया