Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको बालुबाटार स्रोतले जनाएको छ । संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकता लगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउनुभएको छ ।

यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया