Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुँदैछन् । मलेसियाको कुचिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको भिडन्त लाओससँग हुँदैछ । nepal

नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे हुने खेल जितेर नेपालले फाइनलमा ठाउँ बनाउँदै उपाधि दाबेदारी दिन चाहन्छ । नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको हो । लाओसले भने मंगोलिया र श्रीलंकालाई हराएको थियो भने मकाउसँग पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा साँझ सवा ५ बजे ब्रुनाई र मकाउ भिड्नेछन् । ब्रुनाईले नेपालसँग ३–० को हार व्यहोर्दै समूहको उपविजेता बनेको हो भने मकाउ अर्को समूहको समूह विजेता हो । एसियामा कमजोर फुटबल राष्ट्रहरुको लागि एसियाली फुटबल महासंघ (एएफसी)ले सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया