Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको गरेर सरकारको एकसय दिनको कामबारे जानकारी गराइरहनुभएको छ ।

cm-parchanda

शुक्रबार दिउँसो ४ बजे सम्बोधन गर्नुहुने भनिएपनि झण्डै एक घण्टा ढिलागरी भइरहेको सम्बोधनमा प्रधानमन्त्री दाहालले तीनसय दिनमा पनि गरिनसकिने काम आफूले एकसय दिनमै पूरा गरेको दाबी गर्नुभएको छ ।

‘सरकारले काम कसरी गर्यो त्यो कुनै दिन गनेर नापिन्छ जस्तो लाग्दैन, तर हाम्रोमा त्यस्तो चलन छ । उचित नै हो भन्ने लागेर जानकारी गराउँदैछु’ सम्बोधनको सुरुमा उहाँले भन्नुभयो, कामको चाप हेर्दा सय दिनमा तीनसय दिनमा नहुने काम भयो भन्ने ठानेको छु, जति सक्रियतापूर्वक काम गरको छु त्यो धेरै महत्वपूर्ण छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली कांग्रेसको साथ र सहयोगमा गएको साउन १९ गते नयाँ सरकार गठन भएको थियो । सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा गरेका उपलब्धि र समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुँदै छ ।

तपाईको प्रतिक्रिया