Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई भूतपूर्व बेलायती सैनिकहरुले देउसी खेलेर जम्मा पारेको रु दुई लाख आर्थिक सहयोग गरेको छ । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा आज आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती सैनिक संघ र पुन समाज काठमाडौँ जिल्ला कार्यसमितिले रु एक÷एक लाख आर्थिक सहयोग गरेका हुन् ।

img_8480

संघले प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा अङ्ग्रेजी समयअनुसार आज ११ महिना ११ गते ११ बजे ११ मिनेट ११ सेकेन्डमा उक्त कार्यक्रम गरेको थियो । सो कार्यक्रममा संघले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको हो ।

img_8494

कार्यक्रममा संघका अध्यक्ष जनक रानाले राष्ट्रका लागि केही गर्ने अभियानका साथ लाग्नु भएकाले पुनलाई आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीजस्ता संस्थाको सानो रकमले आविस्कार केन्द्र खोल्न सहयोग पुग्छ भने हामीले सहयोग किन नगर्ने ?’

img_8498

अनुसन्धानकर्ता पुनले देशको आर्थिक विकासका लागि सानातिना सहयोगको खाँचो रहेको भन्दै आफ्नो अभियान सम्पन्न गर्न ५० करोड रकम आवश्यक रहेको बताउनु भयो ।

img_8481

तपाईको प्रतिक्रिया