Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलमा १७ जना सांसदले भाग लिनुभएको छ ।

बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गर्नुभएको हो । उनीहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको आरोप लगाउनुभयो ।

आजको बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिनुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक यही कातिक २९ गते सोमबार बिहान ११ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया