Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमा हिन्दुराष्ट्रको सवाल प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभएको छ ।

मिडिया नेपाल दाङले शुक्रबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनको विषयमा व्यापक छलफल आवश्यक रहेको समेत बताउनुभयो ।

उहँले पछिल्लो समय लोभ लालच देखाएर संगठित रुपमा धर्मान्तर गराउने गिरहो लागि परेकोले त्यस्लाई तुरुन्त रोक्नु पर्ने बताउनुभयो ।

अध्यक्ष थापाले अहिलेकोे सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकारले परराष्ट्र नीति भारत केन्द्रित गरेको आरोप लगाउनुभयो । नेपालले सबै देशसँग समान कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने भन्दै उहाँले  नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया