Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

dhanraj-555x335

बिहीबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा सांसद गुरूङले लोकमानविरुद्ध संसदमा पहिलो पटक सार्वजनिक महत्वको प्रस्ताव आफूहरुले दर्ता गराएको उल्लेख गर्दै लोकमानलाई कारवाही गर्दा आयोगको अस्तित्व नै समाप्त हुन्छ भनेर केहीले बोलेपनि त्यो लोकमान बचाउको अभिव्यक्ति भएको आरोप अगाउनुभयो । उहाँले भन्नुभयो ‘संसदलाई पूरै निकम्मा बनाउन खोज्नेहरुले लोकमानको पक्षमा बोलिरहेका छन् ।’

उहाँले लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे आफ्नो पार्टीमा पनि छलफल भैरहेको भन्दै सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा समेत यसबारेमा विशेष छलफल गर्ने जानकारी दिनुभयो । ‘यो एजेण्डा हाम्रो हो, जनताको एजेण्डा हो, यसबाट नेपाली कांग्रेस पर भाग्दैन ।’

उहाँले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्ती गरेर ठूला पार्टीहरुले गम्भीर भुल गरेको भन्दै अहिले नेताहरुलाई गल्ती सच्याउने ठूलो अवसर रहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधन हुँदा अंगीकृतलाई राष्ट्रपति बनाउने गरि संशोधनको तयारी गर्ने हल्ला चलेकोप्रति टिप्पणी गर्दै त्यो कुनै हालतमा हुन नदिने अडान दाहोर्याउनुभयो । ‘यो कुनै हालतमा हुँदैन । नेपाललाई क्रिमिया वा फिजीकरण गर्ने कुराहरु अब कुनै हालतमा स्विकार्य हुँदैन ।’

तपाईको प्रतिक्रिया