Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – सामुदायिक वन उपभोक्ता समूहले भूकम्प प्रभावित जिल्लामा काठ उपलब्ध गराउन सुरु गरेको छ । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षति पारेका संरचनाहरुको पुनःनिर्माण गर्न सामुदायिक वनले काठ उपलब्ध गर्न थालेको हो ।

वन विभागअन्तर्गतको सामुदायिक वन महाशाखाका उपसचिव प्रकाश लम्सालले हालसम्म भूकम्प प्रभावित विभिन्न जिल्लाबाट दुई लाख क्युफिटभन्दा बढी काठ उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुपाल्चोकमा ४७ हजार २२६, दोलखा एक लाख ८० हजार, तनहुँ छ हजार ८१, गोरखा २२ हजार क्युफिट काठ वितरण गरिएको छ । उहाँले अरु जिल्लाले पनि थोरै मात्रामा काठ उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प गएपछि तत्काल बासस्थान निर्माण गर्नदेखि सामुदायिक वनले सहयोग पु¥याएको र पुनःनिर्माण पनि सबैभन्दा धेरै काठ सामुदायिक वनले नै सहयोग गरेको छ ।”

हाल नेपालमा २१ हजारभन्दा बढी सामुदायिक वन भए पनि आधिकारिक रुपमा गणना भएका वन १९ हजार ९६० रहेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि प्रतिपरिवार ५० देखि ७० क्युफिट काठ वितरण गर्ने विभागले जनाएको छ ।  विभागले आव २०७२÷७३ मा मात्रै ११ लाख एक हजार २४८ क्युफिट काठ वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया