Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नेपालगन्ज – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक सहमतिबाट संविधान संशोधन भएपछि मात्र निर्वाचनमा जान सकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वाारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेस केन्द्रित राजनीतिक दलहरूलाई राजनीतिक सहमतिमा ल्याउन संविधान संशोधन पहिलो शर्त भएकाले पनि स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन त्यसपछि मात्र संम्भव हुन सक्छ ।”

उहाँले राज्यले संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरे पनि यो विषय जनमत सङ्ग्रहमा लानुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री कोइरालाले नेपाली काँग्रेस प्रजातन्त्रको मियो भएकाले मुलुकको सङ्घीय लोकतान्त्रिक प्रजातान्त्रिक व्यवस्थालाई कसैले मास्न नसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया