Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ –  पूर्वाञ्चल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद समयमै गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

पूर्वाञ्चल खेलाडी सङ्घका अध्यक्ष राम लिम्बूलगायतको टोलीले आज मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई बुझाउनुभएको हो । पटकपटक राष्ट्रिय खेलकुद स्थगन हुँदा खेलाडीहरुको मनोबल गिरेकाले मङ्सिरभित्रै सातौँ राष्ट्रिय खेलकुद हुनुपर्ने माग सङ्घको छ ।

अस्थायी कर्मचारीको सङ्घर्ष समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीको हकहितका लागि अस्थायी खेलकुद कर्मचारी सङ्घर्ष समिति बुधबार गठन गरिएको छ । अस्थायी कर्मचारीको भेलाले काजीमान श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो ।

समितिको उपसंयोजकमा प्रेमनाथ श्रेष्ठ, उपाध्यक्षमा गणेश जिम्बा लामा, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । अर्जुनभक्त राईलाई प्रवक्ता तोकिएको छ ।

त्यस्तै बिन्दा महाराजी, सञ्जु महर्जन, सञ्जय रन्जित, सिजु श्रेष्ठ, तिलक घिमिरे, राजकुमार रसाइली, रमेश मगर, कुमार पौडेल र मनोज खड्गी सदस्यमा चयन भएका छन् । लामो समयदेखि अस्थायी रुपमा कार्यरत कर्मचारीलाई स्थायी गराउने विषयमा आगामी बोर्ड बैठकमा छलफल गर्ने गरी राखेप सदस्यसचिव विष्टलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको सचिव सुवेदीले जानकारी दिनुभयो ।

साम्बो टोली बुल्गेरियातर्फ

तेस्रो विश्व साम्बो च्याम्पियनसीपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली साम्बो टोली आज बुल्गेरिया प्रस्थान गरेको छ । नोभेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा समान एक पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् ।

अफिसियलमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष राजकुमार श्रेष्ठ रहेका छन् । नेपालले नियमित विश्व च्याम्पियनसीपमा सहभागिता जनाइरहेको फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाई गर्नुभयो ।

तपाईको प्रतिक्रिया