Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले एक चीन नीति नेपाली काँग्रेसले अबलम्बन गरेको बताउनुभएको छ । नेत्री कोइरालाले आज एक विज्ञप्ती जारी गरी नेपाली काँग्रेसले एक चीन नीतिलाई सँधै अवलम्बन गर्दे आएको उल्लेख गर्नुभएको छ ।

चीनसँग नेपालको सम्बन्ध परम्परागत रहेपनि कुटनीतिक सम्वन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको र नेपाल–चीनवीचको सम्बन्ध सँधै सुमधुर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उहाँले विज्ञप्तीमार्फत भन्नुभएको छ, “ म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहँदा र उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा यो नीतिलाइ स्पष्ट रुपमा अघि वढाएको छु ।”

चीनलाई राष्ट्रसङ्घमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेल्नुका साथै वी.पी. कोइराला देखि गिरिजावावुको पालासम्म नेपाल र चीनवीच हार्दिकतापूर्ण सम्वन्ध रहिआएको छर्लङ्ग छ, विज्ञप्तीमा भनिएको छ ।

नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अङ्गको रुपमा मान्यता दिँदै आएको र आगामी दिनमा नेपाल–चीनवीच अझ वढि सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसँगको सम्बन्धलाई निरन्तरता दिने नेपाली काँग्रसको स्पष्ट नीति हो, विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया