Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

डोल्पा  – डोल्पाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द भएका छन् । कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले ६ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो । चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको र यतिखेर बन्द भएका विद्यालय आउँदो वैशाख पहिलो साता मात्र खुल्ने विद्यालय निरीक्षक वीरबहादुर धामीले बताउनुभयो ।

जाडो बढेसँगै उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका छ गाविसका नागरिक पशु चौपायसहित तल्लो डोल्पा झर्न थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया