Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बेलायती राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कल आफ्नो प्रेमिका रहेको पुष्टि गर्नुभएको छ । किङ्गसटन प्यालेसबाट जारी भएको एक विज्ञप्तिमा ह्यारीले मार्कल आफ्नो प्रेमिका रहेको पुष्टि गर्दै मार्कललाई सञ्चारमाध्यमले लगातार दुःख दिएको भन्दै आलोचना गरेका छन् ।

विज्ञप्तिमा ह्यारी र मार्कल केही महिनादेखि सम्बन्धमा रहेको र यही कारण मार्कललाई यसरी दुःख दिनु राम्रो नभएको भन्दै ह्यारीले सञ्चारमाध्यमको आलोचना गरेका छन् । राजकुमारले यस्ता कुरामा निकै कम ध्यान दिने भएपनि गएको हप्ता हद पार भएको विज्ञप्तिमा उल्लेख छ ।

गएको केही दिनदेखि धेरै पत्रपत्रिकाले ३५ वर्षे अमेरिकी अभिनेत्री मार्कलका बारेमा प्रमुख खबर बनाएका थिए । ह्यारीले अभिनेत्री मार्कलको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया