Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि बुधबारदेखि भारतीय पाँच सय र एक हजारको नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि चलनचल्तीमा भारतीय पाँच सय र हजारको नोटको प्रयोग गर्न नपाइने जनाएको हो ।

भारतीय ५ सय र हजारको नोट कारोबार नहुने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो ।  भारतले नयाँ नीति ल्याएपछि त्यहीअनुसार नेपालले पनि अघि बढ्नुपर्ने हुँदा कारोबार रोकेको उहाँले  बताउनुभयो । भारतीय  पाँच सय र हजारको नोट भएकाहरुलाई साट्ने व्यवस्था भने मिलाइने छ ।

तर अहिले नै त्यसबारे राष्ट्र बैंकले कुनै निर्णय गरिसकेको छैन । एक दुई दिन भित्रै भारतीय नोट साट्ने ठाउँको टुंगो लगाइने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । भारतले जाली नोट तथा भ्रष्टाचार र कालो धन नियन्त्रणका लागि भन्दै मंगलबार मध्यरातदेखि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।

तपाईको प्रतिक्रिया