Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा अवस्थादेखि नै एक निर्भिक व्यक्तित्वको पहिचान बनाउनु भएका सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित भएको उल्लेख गनुभयो ।1478673569705_ros_ktm_161109img_5414

‘राणाशासनको विरुद्ध विद्रोहको उद्घोष गर्दै उहाँले आफ्नो लामो राजनीतिक जीवनको क्रममा लोकतन्त्रका निमित्त राजनीतिक शक्तिहरुलाई एकताबद्ध गर्न सिंहको ठूलो योगदान छ’ राष्ट्रपति भण्डारीले भन्नुभयो । कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरकुंशता विरुद्ध उभिएका राजनीतिक दलहरु एक ठाउँमा उभिनु जरुरी रहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराउनु प्रमुख चुनौती रहेको बताउनुभयो ।

सिटौलालाई जनआन्दोलन स्वर्ण पदक krishna
यसैबीच, नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरिएको छ । सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा १२ बुँदे शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई सम्मान गरिएको हो ।

सिटौलाले तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्धको संयुक्त आन्दोलनको संयोजकको रुपमा महत्वपूर्ण भूमिका खेल्नुका साथै विघटित प्रतिनिधिसभा पुनःस्थापना गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । सिटौलालाई राष्ट्रपति भण्डारीले स्वर्ण पदक, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया