Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चिलीको उत्तरपश्चिममा अवस्थित ताल्काहुवानो क्षेत्रमा केन्द्र विन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले जनाएको छ ।

ग्रीनविच समयअनुसार मङ्गलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा चिली र आसपासका इलाकामा भूकम्पको धक्का महसुस गरिएको युएसजीएसले जनाएको छ ।

भूकम्पको केन्द्र विन्दु ताल्काहुवानो क्षेत्रमा ३६.५८ डिग्री दक्षिणी अक्षांस र ७३.६३ डिग्री पश्चिमी देशान्तरमा १७.३ किलोमिटर गहिराईमा रहेको बताइएको छ । –सिन्ह्वा

तपाईको प्रतिक्रिया