Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको एक सय एक औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ छोराको रुपमा वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा उहाँको जन्म भएको थियो । सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका स्मरणीय व्यक्तित्वका रूपमा चिनिनु हुन्छ । नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै संघर्ष गर्नुभएका सिंह २०४६ सालको जनआन्दोलनको कमान्डर हुनुहुन्थ्यो । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कू’, सबै सुख–दुःखमा विपी र गणेशमानसँगै हुनुहुन्थ्यो । ganeshman-singh

सिंहले आफ्नै दल नेपाली काँग्रेसले पनि सम्मान नगरेपछि विरक्तिएर आफैंले स्थापना गरी हुर्काएको पार्टीलाइ परित्याग गरेको घोषणा गर्नु भएको थियो । २०५४ साल असोज २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय हुनुहुन्थ्यो । उहाँलाइ लौहपुरुषका नामले समेत चिन्ने गरिन्छ ।

यसैबीच आज गणेशमान सिह फाउन्डेसनको आयोजनामा शोभा भगबतीमा आयोजना हुने माल्यार्पण कायक्रमको आयोजना गरिएको छ । त्यसैगरी नेपाली काँग्रेस काठमाडौ जिल्ला कार्यालय ज्ञानेश्वरमा गणेशमान सिहको सालिक अनाबरण कायक्रमको पनि आयोजना गरिएको छ । त्यस्तै नेपाल बिद्यार्थी संघ काठमाडौंले बेलुका शान्ति वाटिकामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया