Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले ब्रुनाइ सँग खेलिरहेको छ ।

जारी खेलमा नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफको इन्जुरी समयमा गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् । नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा भइरहेको हो । यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ ।

पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ । ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया