Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एएफसी सोलिडारिटी कप अन्तर्गतको दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले अहिले ब्रुनाइसँग खेलिरहेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा जारी खेलमा जित निकाले नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बराबरी गरे वा ३–० गोल अन्तरले हारेमा उपविजेता बन्नेछ । शनिबार भएको आफ्नो पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको नेपालको सेमिफाइनल सम्भावना बलियो छ ।

यसअघि पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको टिमोर लेस्टेको नेपालसँग बराबरी खेलेपछि सेमिफाइल यात्रा केही असहज बनेको थियो । यता ब्रुनाइ भने एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी छन् ।

तपाईको प्रतिक्रिया