Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

खोटाङ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताउनुभएको छ । 1478598550324_km_khotang_161108_pm-sambodhan-khotang

मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि यहाँ आउनुभएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको स्पष्ट पनि पार्दै उहाँले भन्नुभयो,‘ड्राफ्टको प्रक्रियाको सुरुआत हिजो बेलुका (सोमबार) देखि मात्रै सुरु गरेका छौँ, पहिल्यै नै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी सत्य होइनन् ।’

नयाँ सरकार गठनपछि राष्ट्रिय सहमति गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, सर्व स्वीकार्यता बढाउने र पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्दै सुमधुर बनाउनेमा आफू केन्द्रित रहेको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले देशमा राष्ट्रिय सहमति बन्दै गएको तथा सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक छलफल भइरहेकाले देशले अब चाँडैे समाधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्रीलाई जिल्लाको विकास निर्माणका अवस्थाका बारेमा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया