Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपतिको निर्वाचन आज(मंगलबार) हुँदैछ । ४५ औं अमेरिकी राष्ट्रपति बन्नका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबर्टे्रियनबाट ग्यारी जोनसन अन्तिम प्रतिस्पर्धामा छन् ।

tt

यद्यपी मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो मत सर्वेक्षणले हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाएको छ । ट्रम्पलाई निर्वाचन आफ्नो पक्षमा पार्न चार वर्षअघि मीट रोमनीले जित निकालेको नर्थ क्यारोलिना र एरिजोना राज्यमा जित्नैपर्ने अवस्था छ भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले जितेको फ्लोरिडा, ओहायो र लोवाको परिणाम उल्टाउनुपर्ने छ ।

ती मध्ये कुनै पनि राज्यको निर्वाचन गुमाएको खण्डमा उनलाई २ लाख ७० इलेक्ट्रोरल भोट हासिल गर्न भने कठिनाई पर्ने देखिएको छ । यसैगरी क्लिन्टनलाई जित निकाल्न महिला, कलेजका मतदाता र ल्याटिन अमेरिकी मूलका भोटरलाई आफ्नो पक्षमा पार्नुपर्नेछ ।

राष्ट्रपतिमा निर्वा्चित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो ।

जनसंख्या अर्थात् कंग्रेसमा हरेक राज्यको प्रतिनिधित्वको आधारमा राज्यको इलेक्ट्रोरल मत निर्धारण गरिएको हुन्छ ।सधैंझैं यस पटक पनि आर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा छ । क्लिन्टनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गरेकी छन् भने ट्रम्पले हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिएका छन् ।

तपाईको प्रतिक्रिया