Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्नेछ ।

नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुनेछ । यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ ।

पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ ।  ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि ब्रुनाइसँगको खेलका लागि आफूहरु तयार रहेको बताएका छन् । सात देश सहभागि प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

 

तपाईको प्रतिक्रिया