Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति चुनावको मतदान सुरु हुनु केही घण्टाअघि सार्वजनिक भएको मतसर्वेक्षण अनुसार डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने सम्भावना बलियो रहेको देखाएको छ ।

समाचार संस्था रोयटर्सले इप्सोस स्टेट्स अफ द नेशन प्रोजेक्टसँग मिलेर गरेको अन्तिम सर्वेक्षणमा क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत रहेको देखिएको हो । यस्तै पपुलर मतमा पनि क्लिन्टन अघि रहेको सर्वेक्षणले देखाएको छ । यसमा क्लिन्टनको ४५ प्रतिशत तथा ट्रम्पको ४२ प्रतिशत छ ।

अमेरिकी राष्ट्रपतिमा चुनिनका लागि दुई सय ७० इलेक्ट्रोल चाहिलनेमा क्लिन्टनको पक्षमा तीन सय तीन तथा ट्रम्पको पक्षमा दुई सय ३५ रहेको सर्वेक्षणमा देखिएको रोयटर्सले जनाएको छ । विचार परिवर्तन गर्ने श्वेत, अश्वेत तथा हिस्पेनिस मतदाताको मत महत्वपूर्ण हुनेछ ।

तपाईको प्रतिक्रिया