Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

swminar

काठमाडौँ – जेकेएफ गोजुकाई/ताकुजी केन्बुकान कराते डो नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय गोजुकाई कराते तालिम आज सम्पन्न भएको छ ।

दुईदिने तालिममा १२५ खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका महासचिव तथा प्रमुख प्रशिक्षक यामकुमारी गुरुङ (अस्मिता)ले जानकारी दिनुभयो । तालिम विश्व जेकेएफ गोजुकाई/ताकुजी केन्बुकानका अध्यक्ष सातौं डान क्योसी स्टानको कुमेर तथा विश्व जेकेएफ गोजुकाई÷ताकुजी केन्बुकानका सेमिनार इन्स्ट्रक्टर पाँचौं डान जेल्को तोपालोभिकले सञ्चालन गरेका थिए । सहभागीलाई आजै प्रमाणपत्र वितरण गरिएको थियो ।

रसुवा सोतोकान अध्यक्षमा मगर

नेपाल सोतोकान कराते डो सङ्घ (एसकेडियुएन)ले गोविन्दबहादुर मगरका अध्यक्षतामा १५ सदस्यीय रसुवा जिल्ला सोतोकान कराते डो सङ्घ गठन गरेको छ ।
सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितिमा आज भएको जिल्ला सभाले वरिष्ठ उपाध्यक्षमा तेन्जिङ लामा, प्रथम उपाध्यक्षमा गेलु शेर्पा, द्वितीय उपाध्यक्षमा रोजिता गुरुङ र तृतीय उपाध्यक्षमा रमेश अधिकारीलाई चयन गरेको छ । त्यस्तै सभाले सङ्घका सचिवमा भुवनबहादुर मगर, सहसचिवमा पवन बोगटी, कोषाध्यक्षमा सुमित्रा खड्का र सहकोषाध्यक्षमा बुनिमा तामाङलाई जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरी जिल्ला सङ्घका सदस्यमा सागर खड्का, रञ्जित तामाङ, रोक्सन तामाङ, प्रतिमा खड्का मगर, विष्णु लामा र युवराज थापा मगर हुनुहुन्छ ।

जिल्ला समितिको प्रथम बैठकले सङ्घका वरिष्ठ सल्लाहकारमा नुर्पुग्याम्जो तामाङ तथा सल्लाहकारमा रामेश्वर खड्का र गोपालबहादुर मगरलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया