Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारको कामबारे प्रश्न गर्ने ठाउँ नभएको बताउनुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकारको कामबारे एक प्रतिशत पनि आलोचना गर्ने ठाउँ नभएको बताउनुभयो ।

ajaya-shankar-nayak

‘सरकारको बारेमा अहिले एक प्रतिशत पनि प्रश्न गर्ने ठाउँ छैन, हामीले राम्रो काम गरेका छौं, संविधान कार्यान्वयनको लागि काम भएको छ, उच्च अदालत गठन भएको छ’ उहाँले भन्नुभयो ‘कसैले भाँडभैलो र मजा लिनको लागि सरकारको बारेमा कमेन्ट गर्दा मुलुकलाई नै घाटा हुन्छ ।’

त्यस्तै उहाँले अहिले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने बताउनुभयो । मन्त्री नायकले विवादित विषयहरुमा सरकारले साझा मिलनबिन्दु खोजिरहेको उल्लेख गर्दै प्रमुख दलहरुबिच राष्ट्रिय सहमती जुटाएर चाँडो भन्दा चाँडो संसोधन प्रस्ताव संसदमा दर्ता गराउने बताउनुभयो ।

त्यस्तै सरकारले अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको भनेर गलत प्रचार गरेको बताउँदै उहाँले भन्नुभयो ‘सरकारले आधिकारिक रुपमा यसबारेमा केही बोलेको छैन, यो त अन्तरिम संविधानमा पनि उल्लेख गरिएको छैन, धारा १५५ मा यो बारेमा प्रष्ट व्यवस्था गरिएको छ ।’

मन्त्री नायकले सिमांकनको विवाद हल गर्न संघीय आयोग गठन गर्ने र त्यसले अघि सारेको रिपोर्टलाई आधार मानेर अघि बढ्ने विषयमा छलफल भएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया