Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले सोमबार शिष्टाचार भेट गर्नुभएको छ ।

वैदेशिक मामिला विभाग प्रमुखसमेत रहनुभएका नेपाल पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हँुदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो देशले स्वागत गर्ने बताउनुभएको पार्टीका प्रचार विभागका सचिव विष्णु रिमालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

संविधान संसोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा बरिष्ठ नेता नेपालले मधेसी दलहरुको मागअनुसार यसअघि संविधानका दुई धारामा संसोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा बिनाकारण छिटो छिटो संविधान संसोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संसोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेका कारण त्यसमा सहमती हुन नसक्ने स्पष्ट पार्नुभएको बताइएको छ ।

भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गर्नुभयो ।

नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दल एक ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया