Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

;]gLsf] rf}wf}F jflif{s ;Dd]ng k//fi6«dGqL 8f k|sfz/0f dxt blIf0f Pl;ofnL cfly{s cg';Gwfg ;~hfn s]Gb| -;]gL_sf] rf}wf}F jflif{s ;Dd]ngsf cj;/df ;f]daf/ sf7df8f}Fdf cfof]lht …blIf0f Pl;ofsf] a[xQ/ ;d[l4sf nflu uxg PsLs/0fÚ ljifosf] b'O{lbg] sfo{zfnfsf] pb3f6g sfo{qmddf dGtJo JoQm ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो – “क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ ।”

दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उहाँले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “क्षेत्रीय एकीकरणको यस्तो ढाँचा बनाऔँ जसले बजारलाई जोड्नुका साथै जनता–जनताबीचको सम्पर्क वृद्धिमा सघाउनेछ ।” स्पष्ट दृष्टिकोण र दृढ सामूहिक इच्छाबाट मात्रै क्षेत्रीय एकीकरण सम्भव हुने उहाँको भनाइ थियो । सेवा तथा व्यापारसम्बन्धी सार्क सम्झौताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउँदै मन्त्री महतले गैरभन्सार अवरोध हटाउँदै क्षेत्रीय बजार विस्तारमा जोड दिनुभयो । दक्षिण एसियाली राष्ट्रबीच सम्पर्क बढाउन हवाई सेवा सम्झौता पनि शीघ्रातिशीघ्र गर्न जरुरी भएको उहाँको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको आपसी सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्राडा विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेकाले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको टिप्पणी गर्नुभयो ।

सेनीका संयोजक डा विष्णुदेव पन्तले क्षेत्रीय सहयोग, समझदारी र विकासका बृहत्तर चासोका विषयमा सुदृढ आर्थिक अनुसन्धान अघि बढाउन र अन्तरदेशीय सम्पर्क कायम गर्न सेनी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ऊर्जा, गरिबी निवारण, सहरी योजनालगायत आर्थिक विषयमा सेनीले गर्दै आएका अनुसन्धानात्मक कार्यक्रमबारे पनि जानकारी दिनुभयो । कार्यक्रममा विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइटले दक्षिण एसियाली मुलुकको विकास नीतिलाई नयाँ तवरले तयार गरी प्रभावकारी अनुसन्धानमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।

ढाका विश्वविद्यालयका अर्थशास्त्री प्राडा वहिउद्दीन महमदले दक्षिण एसिलाली मुलुकमा औद्योगिकीकरण, आर्थिक स्थायित्व तथा वातावरणीय चुनौतीजस्ता समस्यासँग सामना गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया