Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

anesas

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा सम्पन्न भएको छ ।
जापानमा रहेकाहरुको साहित्यिक प्रतिभा उजागर गर्न सकियोस् भन्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको हो । करीब ३ दर्जन कवि/कवयत्री सहभागी जापान व्यापी खुला कबिता प्रतियोगितामा उत्कृष्ट तीन रविन शर्मा, दिप पाठक र विमान किरातीलाई पुरस्कार वितरण गरिएको छ । साथै, सहभागी स्रष्टाहरूलाई मायाको चिनो वितरण गरिएको थियो।

anesasa
यसै, अवसरमा गतसाल जापानमा भयको चौथों अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विशेष सहयोग गर्ने सहयोगी दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरियो ।
अनेसास जापानले हरेक तीन महिनामा आफ्नो साहित्य शृंखला गर्दै जापानमा रहेका स्रष्टा, सर्जकका भावनालाई प्रस्तुतीका रुपमा पस्किने गरेको छ ।
संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास टोकियोका कार्यवाहक राजदुत कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, वीर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा भूपेन्द्र बस्नेत, एनआरएनए जापानका उपाध्यक्ष देवीलाल भण्डारीको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा सरिता ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका महासचिव दिप पाठकले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया