Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

deuba

काठमाडौं – नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ ।
नेहरु विश्वविद्यालयमा आइतबारआयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुनुहुन्छ । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसक्नुभएको छ ।
सभापति देउवालाई नेहरु विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया