Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कैलाली –  नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीम रावलले नेपाली जनताको कुन अधिकार के कारणले कमजोर भई संविधान संशोधन गर्नुपर्ने हो त्यसको प्रष्ट जवाफ आवश्यक रहेको बताउनुभएको छ ।

बडादसैँ, शुभ दिपावली तथा छठ पर्वका अवसरमा एमाले जिल्ला कमिटी कैलालीद्वारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपालको संविधानमा उल्लेखित कुनकुन धारा, व्यवस्था, वर्ग, जाति, धर्म, लिङ्ग, समुदाय तथा संस्कृति कसरी कमजोर भई संशोधन गर्नुपर्ने आवश्यकता भएको हो त्यसको स्पष्ट जवाफ सत्तापक्षले दिनुपर्ने कुरा उल्लेख गर्नुभएको छ ।

नेता रावलले आज नेपालको अङ्गिकृत नागरिकता प्राप्त गरी भोलि तुरुन्तै राष्ट्रपति हुन पाउने विषय आफ्नो नभई विदेशीको इशारामा बोलेको र यो देशभक्त नेपाली नागरिकलाई कदापि स्वीकार्य नहुने बताउनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापाले संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिले सबै संस्कृति, परम्परा तथा रीतिरिवाजलाई सम्मान तथा संरक्षण गरी त्यसको ऐतिहासिकतालाई बुझेर संवद्र्धन तथा विकास गर्ने संवैधानिक व्यवस्था संविधानमा उल्लेख भएको जानकारी गराउनुभएको छ ।

देशमा राजनीतिक स्थायित्व नभएमा हाम्रा चाडपर्व पनि गुम्ने खतरा हाम्रो सामु देखिएको नेता रावलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया