Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सुरुङ्गा (झापा) – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले छठ मैथिल समुदायको मात्र नभई नेपालीको साझा पर्वका रुपमा विकास भएको बताउनुभएको छ ।

छठ पूजा सेवा समिति बिर्तामोडले विरिङ नदीमा आज आजोजना गरेको पूजा समारोहको उद्घाटन गर्दै उहाँले पछिल्लो समय छठ सबै नेपालीको साझा पर्वका रुपमा विकास भएको र बन्धुत्वको विकास गराएको बताउनुभयो ।

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले संविधान कार्यान्वयन लागि सबै दल एक ठाउँमा उभिनुपर्ने र ती दललाई एक ठाउँमा उभ्याउन जनस्तरबाट पनि दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया