Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – कृष्ण प्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले तोकिएको मितिमै विधिसम्मत् तरिकाले महाधिवेशन  गर्न माग गरेका छन् ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उनीहरुले अब कुनैपनि बहाना नगरी स्वतन्त्र र पारदर्शी ढंगले तोकिएको मितिमा महाधिवेशन गर्न नेतृत्वसँग माग गरेका हुन् । केन्द्रिय सदस्य नारायणप्रसाद भट्टराईले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै टिके प्रथा कुनै हालतमा लाद्न नदिने चेतावनी दिनुभयो ।

नेपाल तरुण दलको महाधिवेशन यही कात्तिक २७ देखि २९ गतेसम्म गर्ने घोषण गरेपनि प्रतिनिधि विवादलगायतका कारण अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया