Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नवलपरासी – नेकपा माओवादी केन्द्रका नेता  देव गुरुङले संविधानमा व्यवस्था भएको गणतन्त्र र संघीयताको कार्यान्यनका लागि संविधान ससोधन  आवश्यक रहेको  बताउनुभएको  छ ।

नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नवलपुरले  आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले यस्तो धारणा राख्नु भएको हो  ।  संविधान संसोधन र स्थानीय निकायको पुनर्संरचनाका लागि सबै राजनैतिक दलहरुको बीच राष्ट्रिय  सहमतीको  आवश्यक रहेको आैल्याउनुभयो  ।

अहिले राष्ट्रियता संकटमा परेकाले स्थानीय निकायको पुनर्संरचना गर्दै आउँदो माघसम्ममा तीन वटै तहको  निर्वाचन सम्पन्न गर्न सके मात्रै राष्ट्रियता संरक्षण गर्न सकिनेमा उहाँकोे जोड थियो । संविधान संसोधन हँुदा नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा गाभ्ने कुरा सत्य नभएको  बताउनुभयो ।

सरकारले  संबिधान संसोधन मार्फत प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ र प्रदेश नम्बर ५ को गुल्मी, अर्घाखाँची र पाल्पालाई प्रदेश नम्बर ४ मा  मिलाउने गृहकार्य गरेका बेला गुरुङको यस्तो भनाई आएको हो  ।

तपाईको प्रतिक्रिया