Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

म्याग्दी –  धौलागिरि आधार शिविर क्षेत्रबाट सात महिना अघि हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गएको जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षे क्रिस्टन विल्सनको खोजी गर्न आइतबारदेखि हेलिकप्टर परिचालन गरिएको हो ।

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई वटा कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताउनुभयो ।

विल्सन गएको जेठ ४ गतेदेखि सम्पर्कविहीन छन् । उनको खोजीमा श्री एयरको एउटा हेलिकप्टर प्रयोग भएको बताइएको छ । भौगोलिक रुपमा विकट उक्त क्षेत्रमा पैदल हिँडेर पुग्न धेरै समय लाग्ने भएकाले हेलिकप्टर मार्फत सम्भावित क्षेत्रमा खोजी गरिएको हो । बर्खायाम र प्रतिकूल मौसमका कारण रोकिएको खोजी मौसम सफा भएपछि पुन सुरु गरिएको हो ।

सम्पर्कविहीन भएकै दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनको खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया