Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भक्तपुर –  मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।

g]kfn :sfp6sf] bLIffGt ;df/f]x  dWok'/ lyldl:yt ljgfos lzIff lgs]tg :s'nn] cfOtaf/ cfof]hgf u/]sf] g]kfn :sfp6 bLIffGt ;df/f]xdf bLlIft ePkl5 ;fd"lxs?kdf ljBfyL{ . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका प्रमुख आयुक्त रवीन दाहालले समारोहमा विद्यालयका ३०० विद्यार्थीलाई दीक्षित गर्नुभएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले जानकारी दिनुभयो ।

विसं २०५९ मा विद्यालयमा स्थापित विनायक शिक्षा स्काउट टुपले विद्यार्थीलाई व्यावहारिक र नैतिक ज्ञान दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका स्काउट कार्यक्रममा विद्यार्थीलाई सहभागिता गराएको प्रजापतिले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन पौड्याल, जिल्ला स्काउट समन्वय आयुक्त शिव त्वानावासु, स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठ, पूर्व स्थानीय आयुक्त भुवनचरण श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीले देशको सेवामा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्काउटले हालै स्काउट दीर्घसेवा पदक प्रदान गरेका विद्यालयका स्काउट शिक्षकद्वय दिलकृष्ण प्रजापति र तुल्सीहरि प्रजापति तथा अन्य स्काउट शिक्षक शालिकराम ओली, सानु चक्रधर, सुमित्रा कार्की र रोजी तामाङलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया